२०८३ बैशाख २४ गते , विहीबार

सिंगापुर पठाइदिन्छु भन्दै ९५ लाख रुपैयाँ ठगी गर्ने झापाका निरौला पक्राउ

sajilo news
झापा
२०८० बैशाख २८ गते , विहीबार
सिंगापुर पठाइदिन्छु भन्दै ९५ लाख रुपैयाँ ठगी गर्ने झापाका निरौला पक्राउ

सिंगापुर पठाइदिन्छु भन्दै ९५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका- ६ घर भई हाल काठमाडौँ महानगरपालिका- १० स्थित नयाँ बानेश्वर बस्ने २० वर्षीय सृजन निरौला रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सिनामंगलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगारी विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ । उनले पीडित ओमनाथ मैनालीसहित १२ जनालाई वैदेशिक रोजगारीको लागि सिंगापुर पठाइदिने भन्‍दै प्रतिव्यक्ति १४ लाखका दरले ९५ लाख रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

सम्बन्धित समाचार