२०८३ बैशाख २४ गते , विहीबार

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने झापाका मोमिन पक्राउ

sajilo news
झापा
२०७९ चैत्र २७ गते , सोमबार
सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने झापाका मोमिन पक्राउ

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। प्रहरीको साइबर व्युरोले झापा गाउँपालिका-६ स्थायी ठेगाना भएका २० वर्षीय कादिर मोमिनलाई शुक्रबार पक्राउ गरेको छ।

सामाजिक सञ्जाल फेसबुक र टिकटकमा पीडित महिलाको चरित्र हत्या हुने खालका अश्लील शब्दहरू लेख्नुको साथै अन्यको शरीर जोडिएको तस्बिर र भिडियोहरू पोष्ट गरी दुःख हैरानी दिई चरित्र हत्या हुने कार्य गरेको भन्ने उजुरीको आधारमा साइबर व्युरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा मोमिनलाई झापा गाउँपालिका- ६ बाट पक्राउ गरेको हो। उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा ४ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहको छ।  

सम्बन्धित समाचार