२०८३ बैशाख २४ गते , विहीबार
झापामा लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
भद्रपुर । झापामा लागू औषध मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका- ६ बस्ने २१ वर्षीय विशाल कन्दङ्वा रहेका छन् । झापा जिल्ला अदालतको मिति २०७५ भदौ ९ गतेको फैसला अनुसार लागू औषध मुद्दामा कन्दङ्वालाई २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएको थियो ।
फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमवार पक्राउ गरेको हो । झापा जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले झापा कारागार भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।