२०८३ बैशाख ७ गते , सोमबार

सहिद स्मारक ए–डिभिजन लिग आजदेखि सुरु हुँदै

sajilo news
झापा
२०७९ फाल्गुन १९ गते , शुक्रबार
सहिद स्मारक ए–डिभिजन लिग आजदेखि सुरु हुँदै

सहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजन आजबाट सुरु हुँदै छ।  आज हुने उद्घाटन खेलमा खुमलटार यूथ क्लब र फ्रेन्डस क्लब बीच प्रतिस्पर्धा हुनेछ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेल आज साँझ साढे पाँच बजे हुनेछ। खुमलटारले यसै खेल मार्फत  शीर्ष डिभिजनमा डेब्यू गर्दै छ। बी डिभिजन उपविजेता हुँदै ए मा उक्लिएको खुमलटार पहिलो खेलमै जीत हात पार्ने लक्ष्यमा हुने छ।​

नवप्रवेशी खुमलटार र चर्च ब्वाइजसहित १४ क्लब सहभागी लिग डबल राउन्ड रोविनको हुनेछ। ए डिभिजनमा कुल १ सय ८२ खेल हुनेछन्।  खेल दशरथ रंगशाला, च्यासल र एन्फा कम्प्लेक्समा हुनेछ।  

लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन्। फेयर प्ले टोलीले ३ लाख पाउने छ।​ मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन्।

प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ। हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन्।

सम्बन्धित समाचार