२०८३ बैशाख ३ गते , विहीबार

भारतले घटाएर पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

sajilo news
झापा
२०७९ फाल्गुन ४ गते , विहीबार
भारतले घटाएर पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

पेट्रोलियम पदार्थको मूल्य बढेको दुई हप्ता बित्न नपाउँदै भारतले नयाँ मूल्य सूची पठाएको छ। भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर बिहीबार नयाँ सूची पठाएको हो। जसमा पेट्रोलको मूल्य १.९७ रुपैयाँ घटेको छ भने डिजेलको ६.४१ रुपैयाँ र हवाई इन्धनको ३.८८ रुपैयाँले घटेर आएको हो।

यसअघि भारतले मूल्यवृद्धि गरेर नयाँ मूल्य सूची पठाएपछि नेपाल आयल निगमले गत २३ माघमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो। 

पेट्रोल, डिजेल र मट्टितेलमा ३-३ रुपैयाँ वृद्धि हुँदा पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको थियो भने डिजेल र मट्टितेलको मूल्य १७५ पुगेको थियो। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको थियो। 

सम्बन्धित समाचार