२०८३ बैशाख २४ गते , विहीबार

भद्रपुरका मिर्गौला पीडित मण्डललाई खाद्यान्न सहयोग, उपचार खर्च जुटाइदिन अपिल

sajilo news
झापा
२०७९ फाल्गुन ४ गते , विहीबार
भद्रपुरका मिर्गौला पीडित मण्डललाई खाद्यान्न सहयोग, उपचार खर्च जुटाइदिन अपिल

भद्रपुर । दुवै मिर्गौला खराब भएर डायलिसिस गराइरहेका झापा भद्रपुरका एक बिरामीलाई खाद्यान्न सहयोग गरिएको छ। कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्यसमेत रहेका भद्रपुर – ६ शारदा टोलका मिर्गौला पीडित गोपाल मण्डललाई घरमै पुगेर खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो।

मण्डल परिवारलाई पूर्व प्रदेश मन्त्री ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र ६ नम्बर वडा अध्यक्ष रतिया राजवंशीले एक संक्षिप्त कार्यक्रमका बीच राहत सामग्री प्रदान गरेका हुन् ।  मण्डलका ९६ वर्षीय बुवा र ८० वर्षीय आमा जीवित छन्। टेलरिङ व्यवसाय गरेर परिवारको गुजारा गर्ने मण्डल आफै मिर्गौला रोगी भए पछि स्वास्थ्य उपचारसँगै परिवार पाल्न पनि आर्थिक सङ्कट सुरु भएको छ।

गङ्गामाया नरबहादुर क्यान्सर पीडित संस्थाका अध्यक्ष भूपाल बस्नेतको सहजिकरणमा भएको कार्यक्रममा कर्णाली साकोसले १० हजार र संस्थाका सदस्य तथा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश एकका अध्यक्ष टीकाराज ढकालले १० हजार बराबरको र समाजसेवी महिला मुना दाहालले समेतले खाद्यान्न सहयोग गरेका छन् । 

सो कार्यक्रममा पूर्व मन्त्री सरावगी, नगर प्रमुख पोखरेल र वडाध्यक्ष राजवंशीले स्वास्थ्य लाभको कामना गर्दै सहयोग गर्न आह्वान गरेका छन् ।  त्यस अवसरमा पूर्व मन्त्री सरावगीले ५ हजार १ सय र ६ नम्बर वडा अध्यक्ष रतिया राजवंशीले वडा कार्यालयको तर्फबाट १० हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

 

सम्बन्धित समाचार