२०८३ असार २० गते , शनिबार

झापाको अर्जुनधारामा ब्राउन सुगरसहित एक जना पक्राउ

sajilo news
झापा
२०८३ असार २० गते , शनिबार
झापाको अर्जुनधारामा ब्राउन सुगरसहित एक जना पक्राउ

झापाको अर्जुनधारामा ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। अर्जुनधारा नगरपालिका–८ सब्जीलाइन क्षेत्रमा शनिबार अपराह्न करिब ३ बजे लागूऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र प्रहरी चौकी शनिश्चरे प्रनानि प्रमोद रेग्मी सहित खटिएको संयुक्त टोलीले बिर्तामोडबाट शनिश्चरेतर्फ आउँदै गरेको बा ५७ प ७७३३ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो।

 चेकजाँचका क्रममा मोटरसाइकल चालक अर्जुनधारा–८ निवासी ४१ वर्षीय सरोज गहतराजको साथबाट एनटेन लेखिएको ३० थान सेतो ट्याब्लेट र  प्लास्टिकबाहेक २३ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। साथै, उनको साथबाट दुई थान मोबाइल फोन समेत बरामद गरिएको छ। प्रहरीले लागूऔषध, मोटरसाइकल तथा पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पछिल्लो समयमा प्रहरी चौकी शनिश्चरेले आपराधिक गतिविधि हुन नदिन सो क्षेत्रमा सक्रियता बढाएको पाइएको छ । 

सम्बन्धित समाचार