२०८३ बैशाख ३ गते , विहीबार

बिर्तामोड नगर खेलकुद विकास समितिको अध्यक्षमा गिरी

sajilo news
झापा
२०७९ माघ २९ गते , आईतबार
बिर्तामोड नगर खेलकुद विकास समितिको अध्यक्षमा गिरी

बिर्तामोड । बिर्तामोडमा नगर खेलकुद विकास समिति गठन गरिएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईँको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले विकास गिरीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा आइतमाया लिम्बु शेर्मा र सन्तोष गुरुङलाई मनोनीत गरिएको छ । यस्तै समितिको सदस्यमा राम प्रसाईँ, सुदिप खवास, माधव खरेल, सागर राई, बाघधन राई, रिन्टु हस्दा, विशाल अग्रवाल, गणेश कटुवाल, रमेश उप्रेती, बिकी चौधरी र शारदा दाहाल रहनु भएको छ । यस्तै समितिको सदस्य सचिवमा बिसन लिम्बुलाई मनोनीत गरिएको छ ।

बिर्तामोड नगरपालिका खेलकुद विकास निर्देशिका अनुसार कार्यपालिका बोर्डले मनोनीत गरेको व्यक्ति नगर खेलकुद विकास समितिको अध्यक्ष रहने व्यवस्था छ । यस्तै निर्देशिकामा समितिको उपाध्यक्ष र सदस्य सचिवमा नगर प्रमुखले तोकेको व्यक्ति रहने व्यवस्था छ । 

सम्बन्धित समाचार