२०८२ फाल्गुन २८ गते , विहीबार

मेस्सीद्वारा टर्की र सिरियाको भुकम्प प्रभावित क्षेत्रलाई ३.५ मिलियन युरो सहयोग

sajilo news
एजेन्सी
२०७९ माघ २६ गते , विहीबार
मेस्सीद्वारा टर्की र सिरियाको भुकम्प प्रभावित क्षेत्रलाई ३.५ मिलियन युरो सहयोग

एजेन्सी । चर्चित फुटबल खेलाडी लियोनेल मेस्सीले भूकम्पग्रस्त सिरिया र टर्कीलाई ३.५ मिलियन युरो रकम सहयोग गरेका छन् । टर्कीको मिडियालाई उद्धृत गर्दै टिराना पोस्टले अर्जेन्टिनी खेलाडी मेस्सीले आफ्नो फाउन्डेसनलाई भूकम्पले तहसनहस भएको क्षेत्रमा रकम सहयोग प्रदान गर्न निर्देशन दिएको बताएको छ । ३.५ मिलियन युरो भनेको करिब ५० करोड रुपैयाँ हो । सोमबारको भूकम्पमा परी हालसम्म १५ हजारको मृत्यु पुष्टि भएको छ ।
 

सम्बन्धित समाचार