२०८३ बैशाख २३ गते , बुधबार

निर्मला पन्त हत्या प्रकरण : सूक्ष्म अनुसन्धान गर्दै डीआईजीको टोली

sajilo news
पत्रपत्रिका
२०७९ पौष २३ गते , शनिबार
निर्मला पन्त हत्या प्रकरण : सूक्ष्म अनुसन्धान गर्दै डीआईजीको टोली

झापा । उप-प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएपछि निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) की प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहको नेतृत्वको पाँच सदस्यीय अनुसन्धान टोलीले कञ्चनपुरमा सूक्ष्म अनुसन्धान थालेको छ । 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले निर्मला हत्या प्रकरणमा डिआइजी सिंह नेतृत्वको पाँच सदस्यीय टोलीले अनुसन्धान गरिरहेको बताए । उनका अनुसार यसअघि नियमित रूपमा सिआइबीका एसपीको नेतृत्वमा रहेको टोली र जिल्लाको अनुसन्धान अधिकृतको टोलीले अनुसन्धान जारी राखेको थियो ।

अपराधी पत्ता नलागुन्जेलसम्म जिल्लामा अनुसन्धान अधिकृत सरुवा हुनेबित्तिकै नयाँ अधिकृत तोकेर अनुसन्धान जारी रहने गरेको उनले बताए । सिआइबी एसपीको नेतृत्वमा टोली भए पनि प्रहरी निरीक्षकको नेतृत्वको टोली जिल्लामा खटिएर अनुसन्धान गरिरहेको उनले बताए । अनुसन्धानको नेतृत्वमा रहेका डिआइजी सिंहले यसअघि पनि निर्मला पन्तको हत्याको अनुसन्धान कञ्चनपुर पुगेर गरिसकेकी थिइन् । आजको नागरिक दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार