२०८३ बैशाख २३ गते , बुधबार

नेपाली श्रव्यदृश्य सामग्री अब अन्तरिक्षमा पुग्ने

sajilo news
पत्रपत्रिका
२०७९ पौष १६ गते , शनिबार
नेपाली श्रव्यदृश्य सामग्री अब अन्तरिक्षमा पुग्ने

झापा ।  नेपाल चिनाउने कला, तस्बिर, गीत–सङ्गीत, इतिहासलगायतका श्रव्यदृश्य सामग्री अब अन्तरिक्षमा पुग्ने भएका छन् । मुनाल भू–उपग्रहमा नेपाल चिनाउने श्रव्यदृश्य सामग्री अडियो फरम्याट (ध्वनि) माध्यममा मेमोरिचिपमा राखेर अन्तरिक्षमा पुर्‍याइने छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा भू–उपग्रहको दोस्रो संस्करणका रूपमा डाँफे र मुनाल नामका थप दुई भू–उपग्रह पठाउने तयारी भइरहेको छ । स्ट्रिट आर्टिस्ट किरण महर्जनले मुनाल भू–उपग्रहको अभियानमा आफ्नो समूहले नेपाल चिनाउने थाङ्का, पौवा र आधुनिक चित्रकलालाई समावेश गरेको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार