२०८३ बैशाख २३ गते , बुधबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एरोब्रिज’

sajilo news
पत्रपत्रिका
२०७९ पौष १३ गते , बुधबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एरोब्रिज’

झापा । हालै निर्माण सम्पन्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका अन्तर्राष्ट्रिय यात्रुलाई ‘एरोब्रिज’ व्यवस्था गरिएको छ । विदेशका विमानस्थलमा जस्तै नेपालमै पहिलोपटक पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको ‘एरोब्रिज’बाट अन्तर्राष्ट्रिय हवाई यात्रुले आरामदायी यात्रा गर्न पाउनेछन्। काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत मुलुकभरका कुनै पनि विमानस्थलमा हवाई यात्रुलाई टर्मिलन भवन आगमन तथा प्रस्थान क्षेत्रबाट सोझै विमान चढ्नका लागि ‘एरोब्रिज’ व्यवस्था थिएन ।

विमानस्थलभित्रका र्याम्प तथा सटल बसबाट यात्रुलाई विमान चढ्ने ठाउँसम्म मात्र पुर्याइँदै आएको थियो भने अन्य विमानस्थलमा पैदलै हवाई यात्रुले विमान चढ्नुपर्ने बाध्यता थियो । यस क्रममा कुनै पनि बेला यात्रुलाई भारी वर्षाका बेला निथु्रक्कै भिज्नुपर्ने वाध्यता थियो । सम्बन्धित वायुसेवा कम्पनीलाई विमान अवतरण क्रममा र उडानका बेला हतारमा यात्रुलाई विमान चढाउन भर्‍याङ दौडाएर लैजानुपर्ने झन्झटिलो समस्यासमेत अन्त्य भएको छ ।


‘एरोब्रिज’ राखिएको विमानस्थलबाट यात्रा गर्ने यात्रुले पहिलेजस्तो बसबाट या पैदलै विमान चढ्नुपर्नेछैन । अब पोखरा विमानस्थलका यात्रुले सबै अध्यागमन चेकजाँच सकिएपछि टर्मिनल कक्षबाट सोझै ‘एरोब्रिज’ हुँदै विमानभित्र छिर्न पाउनेछन् । यो व्यवस्था नेपालको विमानस्थलका लागि सबैभन्दा पहिलो र नयाँ हो । यो खबर आजको राजधानीदैनिकमा प्रकाशित छ । 

सम्बन्धित समाचार