२०८३ बैशाख २३ गते , बुधबार

शताब्दी अन्त्यसम्म तापमान २.५ डिग्रीले बढ्ने

sajilo news
पत्रपत्रिका
२०७९ कार्तिक १४ गते , सोमबार
शताब्दी अन्त्यसम्म तापमान २.५ डिग्रीले बढ्ने

झापा । यो शताब्दीको अन्त्यसम्म विश्वको तापमान २.५ डिग्री सेन्टिग्रेडले बढ्ने देखिएको छ। विश्वका १९३ देशले कार्बन उत्सर्जन कटौतीमा व्यक्त गरेका प्रतिबद्धताको लेखाजोखा गर्दा तापमानमा यो बढोत्तरी हुने प्रक्षेपण गरिएको हो। 
जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताका पक्षधर राष्ट्रहरूले सेप्टेम्बर २३ सम्म संयुक्त राष्ट्रसंघलाई बुझाएको उत्सर्जन कटौतीसम्बन्धी राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडिसी) लाई समीक्षा गर्दा यो हिसाबले तापमान बढ्ने देखिएको हो । गत साता सार्वजनिक गरिएको तथा जलवायु परिवर्तन हेर्ने राष्ट्रसंघीय निकाय युएन क्लाइमेट चेन्जुले गरेको उक्त समीक्षात्मक अध्ययनका अनुसार सन् २०१० को तुलनामा २०३० सम्म उत्सर्जन १०।६ प्रतिशतले बढ्नेछ। गत वर्ष गरिएको समान प्रकृतिको अध्ययनले उत्सर्जन १३.७ प्रतिशतले बढ्ने देखाएको थियो। आजको नागरिक दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार