२०८३ बैशाख २३ गते , बुधबार

पाँचथरकी बालिकालाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा झापाका युवक पक्राउ

sajilo news
झापा
२०७९ आश्विन २७ गते , विहीबार
पाँचथरकी बालिकालाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा झापाका युवक पक्राउ

बालिकालाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका १० का २८ वर्षीय सुमन राई छन् ।

उनले पाँचथरको मिक्लाजुङ गाउँपालिका २ की १६ वर्षीया बालिकालाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोग लागेको छ । राईविरुद्ध ती बालिकालाई फेसबुकमा साथी बनाएर बोलाँउदा वास्ता नगरेपछि उनको नामको फेसबुक आइडी बनाएर अश्लील फोटोसहित स्टाटस् पोष्ट गर्दै चरित्र हत्या गरेको अभियोग लागेको छ ।

नक्कली फेसबुक आइडी बनाएर निरन्तर चरित्र हत्या गर्न थालेपछि बालिकाले गत भदौ २७ गते घरैमा झुन्डिएर आत्महत्या गरेको भन्दै मृतकका बुबाले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएको सूचनाअधिकारी ९प्रहरी निरीक्षक० सन्तोषकुमार राईले जानकारी दिए । उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलीले ईलाका प्रहरी कार्यालय अनारमनीको सहयोगमा विर्तामोडबाट बुधबार दिँउसो पक्राउ गरीएको हो । आरोपी राईलाई बुधबार साँझ झापाबाट पाँचथर ल्याएर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको पनि प्रहरी निरीक्षक राईले बताए ।

सम्बन्धित समाचार