२०८० आश्विन ७ गते , आईतबार

आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

sajilo news
झापा
२०७९ आश्विन ७ गते , शुक्रबार
आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका तराई भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित समाचार