२०८३ भाद्र १५ गते , सोमबार

भद्रपुर रोडको डिभाइडरमा फूल रोप्ने कार्यको सुरुवात

sajilo news
झापा
२०७९ आश्विन ६ गते , विहीबार
भद्रपुर रोडको डिभाइडरमा फूल रोप्ने कार्यको सुरुवात

बिर्तामोड नगरपालिकाले सडक सुन्दरताको लागि भद्रपुर रोडमा फूल रोप्ने कार्य सुरु गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईँले सिजिएम जातको फूलको बिरुवा रोपेर यस कार्यको थालनी गरिन्।

नगरपालिकाले बिर्तामोड- भद्रपुर सडक खण्ड अन्तर्गतको मुक्तीचौकदेखि धौलापुलसम्मको भागमा रहेको डिभाइडर भित्र विभिन्न जातका फूल रोप्ने कार्य अघि बढाएको हो । सिजिएम, मयुर धुपी, फक्सटेल पार्म, सितार लगायत विभिन्न जातका बिरुवा रोप्ने नगरपालिकाले जनाएको छ । यस क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर कुनै पनि संघ संस्थाले फूल रोप्न चाहे दिन सकिने नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले बताए।

नगर प्रमुख प्रसाईँसँगै नगर उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी, वडा नम्बर ४ का वडाध्यक्ष राहुल कुमार शर्मा, वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दंवा, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमिया, नगरका शाखा अधिकृत मेघराज बास्तोला र कार्यपालिका सदस्यहरूले फूलका बिरुवा रोपेका थिए । नगरपालिकाले डिभाइडरमा केही दिन अघि देखि बिरुवा रोप्नको लागि उपयुक्त माटो ल्याएर बिछ्याएको थियो ।

सम्बन्धित समाचार