२०८३ भाद्र १५ गते , सोमबार

सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु

sajilo news
सुनसरी
२०७९ आश्विन ५ गते , बुधबार
सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका–९ फूलबारी टोलमा सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा इटहरी–५ का ८२ वर्षीय उमाकान्त भण्डारी रहेका छन् ।

 हिजो बेलुका साढे ५ बजे भित्री सडकखण्डमा प्रदेश १ ०२ ००३ ह ३०४१ नम्बरको सिटी सफारीले बृद्धलाई ठक्कर दिएको थियो । घाइते उनको न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  सवारी साधन सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

सम्बन्धित समाचार