चोरीका समानसहित दुई जना पक्राउ
सुनसरीको इटहरीबाट प्रहरीले चोरीको समानसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी- २० का आशिष् चौधरी र किरण क्षेत्री रहेका छन । इटहरी- २० स्थितमा रहेको किरण क्षेत्रीले सञ्चालन गरेको कवाडी पसलमा चोरी गरेको सामग्री बेचबिखन भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई राठी कम्पनीको वायरिङका तार ८ प्याकेट चोरी गरी बेचिरहेको अवस्थामा पक्राउ गरेको हो ।
चौधरी पक्राउ परेसँगै सोधपुछको क्रममा पहिला समेत चोरी गरेका अन्य सामग्री सोही पसलमा बिक्री गरेको भनी चौधरीले बयान दिएका आधारमा प्रहरीले कवाडी पसलमा खानतलासी गर्दा चोरी गरी बिक्री गरेका विभिन्न कम्पनीका १४ थान ब्याट्री, पानी तान्ने मोटर २ थान समेत कवाडी पसलबाट बरामद भएको हो ।
चोरीको सामान बरामद भएसँगै चौधरी र क्षेत्रीलाई पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले जनाएको छ ।