२०८३ भाद्र १५ गते , सोमबार

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु 

sajilo news
मोरङ
२०७९ आश्विन ४ गते , मंगलबार
मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु 

मोरङको धनपालथान गाउँपालिका–७ मा मोटरसाइकलको ठक्करबाट सोमबार राति एक जना वृद्धा महिलाको मृत्यु भएको छ ।  उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ८८९४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा धनपालथान–७ की ६५ वर्षीया कलावती मण्डलको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए । उनका अनुसार पैदल हिँडिरहेका बेला साँझ ६:३० बजेतिर मोटरसाइकलले ठक्कर दिँदा मण्डल गम्भीर घाइते भएकी थिइन् । 

उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याइपुर्‍याउनसाथ उनलाई चिकित्सकले राति ८स्१० बजेतिर मृत घोषित गरेको प्रहरीले जनाएको छ । दुर्घटना गराएर फरार बनेका मोटरसाइकल चालक धनपालथान–७ का १७ वर्षीय विकास यादवलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । 

सम्बन्धित समाचार