२०८० चैत्र १६ गते , शुक्रबार

मेची पुलमा ३० ग्राम ब्राउन सुगरसहित दमकका कुमाल पक्राउ

sajilo news
पार्थ मण्डल
२०७९ आश्विन ३ गते , सोमबार
मेची पुलमा ३० ग्राम ब्राउन सुगरसहित दमकका कुमाल पक्राउ

झापा । मेची पुलमा लागू औषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका- १ स्थित सुनौलो टोल निवासी २१ वर्षीय मनोज कुमाल रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार दिउँसो डेढ बजेको समयमा इलाका प्रहरी कार्यालय र लागु औषध ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले कुमाललाई ३० ग्राम ब्राउन सुगरसहित मेचीनगर नगरपालिका- ६ स्थित मेची पुल नजिकबाट पक्राउ गरेको हो । कुमाल भारतबाट नेपाल तर्फ आइरहेका थिए । पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ । 

सम्बन्धित समाचार