२०८३ भाद्र १५ गते , सोमबार
३ लाख ५० हजार जरिवानामा परेका यी हुन् झापाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार
निर्वाचन खर्च विवरण नबुझाउने गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना गरेको छ। आयोगले देशभरका चार हजार १९६ जना उम्मेदवारलाई जरिवाना तोकेको हो । गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारलाई आयोगले तीन लाख ५० हजार जरिवाना गरेको हो।
त्यस्तै नगरपालिकाका वडाध्यक्षका उम्मेदवारलाई २ लाख र गाउँपालिकाका वडाध्यक्षका उम्मेदवारलाई १ लाख ५० हजार जरिवाना तोकिएको छ । झापाका स्थानीय तहका कूल २९३५ उम्मेदवारहरुमध्ये ४१९ जनाले मात्र समयमा निर्वाचन खर्च विवरण बुझाएका थिए । त्यस्तै ८ सय जनाले ढिलो गरी बुझाएका थिए । आयोगले नबुझाउने र ढिला गरी बुझाउने दुवै किसिमका उम्मेदवारलाई एउटै जरिवाना तोकेको छ ।
.webp)