२०८३ भाद्र १५ गते , सोमबार
लत्ताकपडासहित ट्याक्टर प्रहरी नियन्त्रणमा
भन्सार छलेर नेपाल भित्राएको ठुलो परिणामको लत्ताकपडासहित एउटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका- १२ स्थित रोड शेष चौकमा भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट भएको बीआर ३८ बी २३७८ नम्बरको ट्याक्टरमा लत्ताकपडा ल्याउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका १ बस्ने ट्याक्टर चालक १९ को रमेश यादवलाई पनि नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको ट्याक्टरसहित लत्ताकपडालाई ४० लाख मुल्याकंन तोकेर आवश्यक कारबाही लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइसकेको प्रहरीले जनाएको छ ।