२०८३ भाद्र १५ गते , सोमबार

हराएका बालक पानीमा डुबेको अवस्थामा मृत फेला 

sajilo news
झापा
२०७९ आश्विन ३ गते , सोमबार
हराएका बालक पानीमा डुबेको अवस्थामा मृत फेला 

पानीमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका- ३ निवासी देवान टुडुका १४ वर्षीय छोरा विजय टुडु रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार कामाटोली बजारबाट आइतबार बिहान देखी हराएका बालक विजय सोमबार बिहान ७:४० बजे झापा - ३ स्थित गैरीगाउँ झाटी खाडीमा डुबेको अवस्थामा मृत फेला परेको हो । मृतक बालक विजय बोल्न नसक्ने र सुस्तमनस्थितीका रहेका थिए । प्रहरीले उनको शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि अस्पताल पठाएको छ । 
 

सम्बन्धित समाचार