२०८३ बैशाख २१ गते , सोमबार

गौरीगंजको एकै टोलका तीन घरमा चोरी

sajilo news
झापा
२०७९ आश्विन ३ गते , सोमबार
गौरीगंजको एकै टोलका तीन घरमा चोरी

गौरीगंज गाउँपालिका- ६ स्थित कन्चिरामा गएराती तीन घरमा चोरी भएको छ । करिब ३ देखि ५ सय मिटर दुरीमा रहेको एकै टोलका तीन घरमा चोरी भएको हो ।

गौरीगंज ६ कन्चिरा निवासी महासेर आलमको घरमा आइतबार राती सुनचाँदीका गरगहना सहित नगद चोरी भएको छ । घरमा सुतिरहेको अवस्थामा घरको पछाडिको टाटी काटेर १ तोला सुनका गरगहना, ४० तोला चाँदी, १ लाख रूपैया नगद र मोबाइल चोरी भएको पीडित आलमले बताए । सोही टोलकी मिना सरदारको घरबाट ३५ हजार नगद चोरी भएको छ ।

घरको ढोका खोली राती सुतिरहेको अवस्थामा चोरी भएको मीनाले बताइन् । त्यसैगरी कन्चिरा टोलमै घर भएकी शकुन्तला महतोको साईकल चोरी भएको नसिरउदिन मियाँले जानकारी दिए। इलाका प्रहरी कार्यालय गौरीगंजको टोली बिहान चोरी भएको घरहरूमा पुगेका थिए । चाड पर्व नजिकिएसँगै गौरीगंज क्षेत्रमा पछिल्लो समयमा चोरीका घटना बढ्दै गएको छ । 

सम्बन्धित समाचार