२०८३ भाद्र १५ गते , सोमबार
झापा कारागारबाट छुटे २७ जना कैदीबन्दी
संविधान दिवसको अवसरमा झापा जिल्ला कारागारका २७ जना कैदीबन्दीलाई कैद मिनाहा गरिएको छ । नेपाल सरकारको सिफारिसमा झापाबाट २७ जनाको कैद मिनाहा भएको जेलर सुरेन्द्र थापाले जानकारी दिए । कर्तव्य ज्यान , बहुविवाह ६/६, किर्ते, सवारी ज्यान,ज्यान मार्ने उद्योगका ४/४, ठगी,खोटाचलन,चोरीका १/१ जनालाई कैद भुक्तानमा मिनाहा गरिएको जेलर थापाले जानकारी दिए । जिल्ला कारागार भद्रपुरमा नकारात्मक सुचीमा नपरेका कैदीबन्दीलाई सजाय भुक्तानमा छुट दिइएको हो ।