२०८३ भाद्र १५ गते , सोमबार

६८१ कैदीको सजाय मिनाहा, २१ जनालाई सजाय माफी

sajilo news
झापा
२०७९ आश्विन ३ गते , सोमबार
६८१ कैदीको सजाय मिनाहा, २१ जनालाई सजाय माफी

आठौं संविधान दिवसका अवसरमा ६ सय ८१ कैदीको कैद सजाय मिनाहा गरिएको छ ।  मन्त्रिपरिषद्को सिफारिस अुनसार राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका संलग्न सूची बमोजिमका पासाङ शेर्पा समेतका २०३ जना र इन्द्रकुमार लिम्बुसमेतका ४७८ गरी ६८१ कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय  आजबाट लागू हुने गरी माफीमिनाहा गरेकी हुन् ।

 
संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद मिनाहा गरिएको राष्ट्रपतिले जनाएको छ । त्यस्तै, २१ जनालाई सजाय माफी दिइएको छ । महेन्द्रप्रसाद कानुसमेतका २१ जनालाई कैद सजाय माफी  दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार