२०८३ भाद्र १५ गते , सोमबार

पूर्वमा तस्करी नियन्त्रणका लागि आएका प्रहरीको विशेष टोली तस्करकै चङ्गुलमा फस्यो

sajilo news
झापा
२०७९ आश्विन २ गते , आईतबार
पूर्वमा तस्करी नियन्त्रणका लागि आएका प्रहरीको विशेष टोली तस्करकै चङ्गुलमा फस्यो

सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि भन्दै प्रहरी प्रधान कार्यालयको विशेष टोली अहिले झापामा तैनाथ छ । प्रहरी नायव उपरीक्षक होम बहादुर थापा नेतृत्वको टोली पूर्वी नाका काँकडभिट्टा सहितका क्षेत्रमा तैनाथ रहेर यहाँ हुने तस्करीका विषयमा सोधी खोजी गरिरहेको छ । सीमा क्षेत्रमा हुन सक्ने अवैध धन्दा (चोरी,तस्करी) नियन्त्रणका लागि झापा आएको प्रहरीको टोली तस्करीमा संलग्न व्यक्तिहरूकै चङ्गुलमा फसेसँगै उनीहरूको मिसन प्रति प्रश्न उब्जिएको छ ।

प्रहरी प्रधान कार्यालयबाट थापाको नेतृत्वमा आएको टोलीले पूर्वी नाका काँकडभिट्टा आसपासमा रहेर निगरानी गरेझैँ गर्दै इलाम हुइँकिएको थियो । यातायात व्यवस्था कार्यालय इलामले सवारी चालक अनुमति पत्रको परीक्षामा बदमासी गर्न सक्ने भन्दै निगरानीका लागि सेटिङ समेत मिलाएको खुलेको छ । यता झापामा समेत मोटरसाइकलको ट्रायल पास गराइ दिए बापत ३० हजार रुपैयाँ दिने भन्दै प्रहरी प्रधान कार्यालयको विशेष टोलीले ४ जनालाई रकम बाढेको खुलेको छ ।

यातायात कार्यालयका कर्मचारी र ट्राफिक प्रहरीलाई नियन्त्रणमा लिन सक्ने गरीको रणनीति बनाएर काम सुरु गर्न लागेको प्रहरी प्रधान कार्यालयको विशेष टोलीको गोप्य योजना समेत सार्वजनिक भएको छ ।

होटेल किङ्सबरीमा बसेर बनाएको योजना विफल भएसँगै मिसन टोली अलमलिएको बताइएको छ । तस्करीमा संलग्न उच्च ओहोदाका व्यपारीसंग सुरुमै हिचमिच बढाएसँगै उनीहरूको योजना विफल भएको बुझिएको छ ।

जे कुराको निगरानी गर्न आयो, त्यही ठाउँमा बास बसेर हिमचिम वडासँगै योजना विफल हुनु स्वाभाविक हो एक व्यक्तिले भने – काँकडभिट्टास्थित एक होटेलमा बास बसेको प्रहरीको टोलीले सबै कुरा ओकलेपछि मिसन सक्सेस हुने कुरै आएन नि ।

प्रहरी प्रधान कार्यालयको विशेष टोली झापामा मात्र नभई देशका विभिन्न जिल्लामा खटिएको छ । प्रवीण विष्ट, धर्मराज भण्डारी लगायतको टोली यति वेला देश दौडाहामा रहेको प्रहरी श्रोतले बताएको छ । पूर्वाञ्चल दैनिकबाट साभार

सम्बन्धित समाचार