२०८३ भाद्र १५ गते , सोमबार
विश्वकर्मा पूजाका दिन करेन्ट लागेर एक मजदुरको मृत्यु
मोरङ बुढिगंगा गाउँपालिका- १ मिलचौक स्थित कोसी प्याकेजिङ कार्टुन उद्योगमा एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम छथर शुक्रबारे- ५ घर भएका २५ वर्षीय आकाश लिम्बु रहेका छन् ।
शनिवार विश्वकर्मा पूजाका दिन बेलुका सवा ४ बजे उद्योग नजिकै जमेको पानीको खाल्डोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागि गम्भीर घाइते भएका लिम्बुको विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारको क्रममा बेलुका साढे ४ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी टोलीले अनुसन्धान थालेको छ ।