२०८३ भाद्र १५ गते , सोमबार

मेची नदीले बगाउँदा भद्रपुरका एक पुरुष बेपत्ता 

sajilo news
पार्थ मण्डल
२०७९ आश्विन १ गते , शनिबार
मेची नदीले बगाउँदा भद्रपुरका एक पुरुष बेपत्ता 

झापा । मेची नदीले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भद्रपुर नगरपालिका- ५ स्थित बसपार्क निवासी ६० वर्षीय लक्ष्मण मण्डल रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार शनिवार बिहान करिब साढे १० बजे मण्डल भद्रपुर- ५ स्थित मेची नदी किनारमा निर्माणाधीन शव दाह गृह पुगेका थिए । पानी परिरहेको बेला छाता लिएर पुगेका उनले छाता शव दाह गृहको भवनमा राखेर नदी किनारमा पानी हेर्न गएका थिए ।

सोही क्रममा उनी चिप्लिएर नदीमा डुबेको र बेपत्ता भएको भन्दै स्थानीय तत्काल प्रहरीलाई खबर गरेका थिए । नदीमा मान्छे डुबेको जानकारी पाउन साथ नजिकै रहेको सशस्त्रको बिओपी भद्रपुरको टोली घटनास्थल पुगेर उनको खोजी कार्य सुरु गरेका थिए ।

अविरल वर्षाले नदीमा पानीको बहाव बढेकोले उनको खोजीमा हुन नसकेको प्रहरीले जनाएको छ । सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले बेपत्ता भएको मण्डलको खोजी कार्यमा जुटेको छ । केही दिन अघि पनि मेची नदीले बगाउँदा एक जनाको मृत्यु भएको थियो । 

सम्बन्धित समाचार