विश्वकर्माको पूजाको अवसर सात जना ट्याम्पो चालक सम्मानित
बिर्तामोड । विश्वकर्माको पूजाको अवसर पारेर हाम्रो ट्याम्पो हाउस बिर्तामोड–५ ले बिर्तामोड–५ का वडाध्यक्षसहित सात जना ट्याम्पो चालकलाई सम्मान गरेको छ ।
हाम्रो ट्याम्पो हाउसले बिर्तामोड–५का वडाध्यक्ष रोहित प्रसाईँ , ट्याम्पो चालकहरू वेदप्रकाश पाठक, नारायणप्रसाद न्यौपाने, ओम भारती, प्रकाश लावती, उज्ज्वल विष्ट, कमलराज गोले र उत्कृष्ट कर्मचारी नाहिद मिया रहेका छन् । ट्याम्पो चालकहरूलाई सवारी नियमको पालना गर्दै यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्याएको भन्दै उत्कृष्ट चालकको रुपमा सम्मान गरिएको हाम्रो ट्याम्पो हाउसका सञ्चालक तथा प्रोप्राइटर लोकेन्द्र घिमिरेले बताए । उनीहरूलाई बिर्तामोड–५का वडाध्यक्ष रोहित प्रसाईँ , बिर्ता ज्योति साप्ताहिकका सम्पादक तथा प्रकाशक तुलसीप्रसाद निरौला , हाम्रो ट्याम्पो हाउसका सञ्चालक तथा प्रोप्राइटर लोकेन्द्र घिमिरेलगायतले खादा र सम्मान पत्र प्रदान गरेका थिए । सोही कार्यक्रममा इलाम र झापाका एक सय भन्दा बढी ट्याम्पो चालकहरूलाई पोसाक समेत प्रदान गरिएको थियो ।
हाम्रो ट्याम्पो हाउसका सञ्चालक तथा प्रोप्राइटर लोकेन्द्र घिमिरेको अध्यक्षता तथा बिर्तामोड–५का वडाध्यक्ष रोहित प्रसाईँको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ट्याम्पो चालक वेदप्रकाश पाठकले स्वागत गरेका थिए । कार्यक्रममा बिर्तामोड–५का वडाध्यक्ष रोहित प्रसाईँ ,बिर्ता ज्योति साप्ताहिकका सम्पादक तथा प्रकाशक तुलसीप्रसाद निरौलाले शुभकामना मन्तव्य राख्दै सवारी नियमको पालना गर्दै ट्याम्पो कुदाउन ट्याम्पो चालकहरूलाई आग्रह गरेका थिए । कार्यक्रममा सहभागी ट्याम्पो चालकहरूले हाम्रो ट्याम्पो हाउसले सम्मान गरेर हौसला प्रदान गरेको भन्दै खुसी व्यक्त गरेका थिए ।
विगत चार वर्षदेखि पाथीभरा टोल रोड नंं।१ शनिश्चरे रोड बिर्तामोडमा सञ्चालनमा आएको हाम्रो ट्याम्पो हाउसले ट्याम्पो खरिद बिक्रीसहित ट्याम्पो सम्बन्धी मर्मत तथा सम्पूर्ण काम गर्दै आइरहेको हाम्रो ट्याम्पो हाउसका सञ्चालक तथा प्रोप्राइटर लोकेन्द्र घिमिरेले बताए । कार्यक्रमको सञ्चालन ट्याम्पो चालक सुजन भट्टराईले गरेका थिए ।