२०८३ भाद्र १५ गते , सोमबार

हल्दिवारीमा चट्याङले लागेर एक बालिका घाइते

sajilo news
झापा
२०७९ आश्विन १ गते , शनिबार
हल्दिवारीमा चट्याङले लागेर एक बालिका घाइते

झापाको हल्दिवारीमा वर्षासँगै परेको चट्याङले लागेर एक बालिका घाइते भएकी छिन् । चट्याङले लागेर हल्दिबारी ४ निवासी नारायण मुर्मूकी १५ वर्षिया छोरी सुनिता मर्मू घाइते भएकी छिन् । गएराति करिब ८ बजे आफ्नै घरमा बसिरहेका अवस्थामा उनलाई चट्याङ लागेको थियो । घाइतेको मेची अस्पताल भद्रपुरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वसन्त पाठकले जानकारी दिए । 

सम्बन्धित समाचार