२०८३ बैशाख ३ गते , विहीबार

अछाममा पहिरो : मृत्यु हुनेको संख्या १५ पुग्यो,  ८ जना बेपत्ता

sajilo news
झापा
२०७९ आश्विन १ गते , शनिबार
अछाममा पहिरो : मृत्यु हुनेको संख्या १५ पुग्यो,  ८ जना बेपत्ता

अछाममा पहिरो परी मृत्यु हुनेको संख्या १५ पुगेको छ। पहिरोमा पुरिएका १५ शव निकालिएको जिल्ला प्रशासन कार्यालय जनाएको छ। मृत्यु हुनेको संख्या सबैभन्दा बढी कमलबजार नरगपालिकाको रहेको छ। कमलबजार नगरपालिका ६ ठाँटीखाँदमा ७ जना, वडा नं. ८ मा ५ जना गरी १२ जनाको मृत्यु भएको छ। 

यस्तै तुर्माखाँद गाँउपालिका ५ मा २ जना र ढकारी गाँउपालिका ६ मा एकजनाको शव भेटिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ। पहिरोमा परेका ८ जनाको अवस्था अझै अज्ञात छ। उनीहरुको खोजी कार्य जारी रहेको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए। 

बेपत्ता हुनेमा तुर्माखाँद गाँउपालिकाका ७ जना र ढकारी गाँउपालिकाका एक जना रहेका छन्। तुर्माखादँमा पहिरोले २ घर पुरिएका छन् भने कलबजारमा २ घर र ढकारीमा एक घर पुरिएको छ। अन्नपूर्णबाट

सम्बन्धित समाचार