बितामोडमा जथाभाबी फोहोर फाल्दै गरेको एउटा पिकअप नियन्त्रणमा
झापा । बिर्तामोड नगर प्रहरीले राजमार्ग छेउमा जथाभाबी फोहोर फाल्दै गरेको अवस्थामा एउटा पिकअप नियन्त्रणमा लिएको छ । शुक्रबार राती करिब ८ बजेको समयमा बिर्तामोडको बसपार्क छिर्ने सडक नजिकैको चिया बगान क्षेत्रमा शिवु खड्काले सञ्चालन गर्दै गरेकाे मितेरी ग्यारेजबाट निस्किएको फोहोर फाल्दै गरेको अवस्थामा प्र १–०१–००१ च ७८२८ नम्बरको पिकअप नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।
बिहानी प्याकेजिङ्ग उद्योग बिर्तामोडले साे गाडी ग्यारेजमा मर्मतमा लागि पठाएका थिए । ग्यारेज सञ्चालकले ग्यारेजबाट निस्केका फाेहाेर फाल्न ती गाडी प्रयोग गरे । ग्यारेज सञ्चालक र चालकको बदमासीले उद्योगकाे नाम बाहिर आएकाे उद्योगका सितिश खडकाले जानकारी दिए । `उद्योगले फाेहाेर फाल्न लगाएकाे हाेईन, सब गलती ग्यारेजवालाकाे हाे,´ उनले भने । यता पिकअपसहित चालक गाेपाल भट्टराईलाई आवश्यक कारबाहीका लागि बिर्तामोड नगरपालिकामा राखिएको बिर्तामोड नगर प्रहरी इन्चार्ज किरण पाण्डेले जानकारी दिए ।
नगरपालिकाले यस अघि भदौ १४ गते सोही स्थानमा फोहोर फाल्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको मे १ च १९७० नम्बरको पिकअपलाई ५ हजार रुपैयाँ जरिवाना गराएको थियो ।