२०८३ बैशाख ३ गते , विहीबार

४२ वर्षपछि इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पायो नयाँ भवन

sajilo news
झापा
२०७९ भाद्र ३१ गते , शुक्रबार
४२ वर्षपछि इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पायो नयाँ भवन

पूर्वी सीमा नाका मेचीनगरस्थित इलाका प्रहरी कार्यालय काँकडभिट्टाको नवनिर्मित कार्यालय भवनको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । 
कार्यालय भवनको उद्घाटनसँगै सीमा सुरक्षार्थमा खटिने नेपाल प्रहरीले ४२ वर्षपछि भौतिक पूर्वाधारयुक्त आधुनिक भवन पाएका हुन् । 
प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले छुट्टाएको बजेटमध्ये २ करोड ८३ लाख ३४ हजार ६ सय ४१ रुपैयाँको लागतमा निर्मित प्रहरी भवनको आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले उद्घाटन गरेका हुन् । सो भवनको ठेक्का याक्थुहाङरएटठ।ए।एसरपुष्कर जेभीले लिएको थियो । २०७६ साल बैशाख २० गते सम्झौता गरेको सो कम्पनीले २०७७ जेठ १ गतेसम्म भवनको निर्माण सम्पन्न गर्नुपर्ने थियो । निर्माण कम्पनीले सो भवन बनाउन तीन वर्ष लगायो ।
यता उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री कार्कीले नेपाल–भारत सीमा नाकामा हुने चोरी, तस्करी, रोकथाम नियन्त्रण गर्नु सुरक्षाकर्मीको मुख्य दायित्व र जिम्मेवारी रहेको बताएका छन् । 
चौबिसै घण्टा जनताको सुरक्षामा खटिने प्रहरीका लागि सुविधा सम्पन्न भवन हुनुले थप कार्य सम्पादनमा सहयोग पुग्ने उनको भनाई छ । त्यस्तै सोही अवसरमा प्रहरी चौकी स्थापनाकालदेखि खटिएका ८६ वर्षीय पूर्व प्रहरी हवल्दार वृखबहादुर गुरुङलाई सम्मान गरिएको थियो । सोही अवसरमा पूर्व प्रहरीका विभिन्न पदका व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी लगायतले प्रहरी भवन उद्घाटन भए पनि अहिले पनि यस कार्यालयमा निक्कै काम अझै गर्न बाँकी रहेकाले यसलाई पूर्णता गरिदिन मन्त्री कार्कीसमक्ष आग्रह गरे ।
कार्यक्रममा संविधान सभा सदस्य रविन कोइराला, १ नम्बर प्रदेशसभा सदस्यहरू श्रीप्रसाद मैनाली, राधा थापा, प्रदेश १ का प्रहरी प्रमुख डिआइजी सुदिप गिरी, मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेती, निवर्तमान नगर प्रमुख विमल आचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा अर्याल, तत्कालीन प्रहरी भवन निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद उप्रेती लगायतको आतिथ्य रहेको थियो । 
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोले सञ्चालन गरेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले स्वागत मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार