२०७९ आश्विन १५ गते , शनिबार

इकमका विद्यार्थीलाई मेगा बैङ्कको वित्तीय साक्षरता

sajilo news
झापा
२०७९ भाद्र ३१ गते , शुक्रबार
इकमका विद्यार्थीलाई मेगा बैङ्कको वित्तीय साक्षरता

बिर्तामोड । मेगा बैङ्क नेपाल बिर्तामोड शाखाले बिर्तामोड –१ मा रहेको इष्टर्न इम्पायर कलेज अफ होटेल म्यानेजमेन्ट(इकम)का विद्यार्थीहरूलाई वित्तीय साक्षरता प्रदान गरेको छ । इष्टर्न इम्पायर कलेज अफ होटेल म्यानेजमेन्ट(इकम)का विद्यार्थीहरूलाई  बचत, लगानी र कर्जा लगायत विभिन्न बैङ्किङ र वित्तीय क्षेत्रबारे जानकारी गराउने उद्देश्यले मेगा बैङ्क नेपाल बिर्तामोड शाखाले वित्तीय साक्षरता प्रदान गरेको मेगा बैङ्क नेपाल बिर्तामोड शाखाका रिलेसनसीप म्यानेजर प्रमोद ढकालले जानकारी दिए । 

 बैङ्किङ सेवाको विस्तार र प्रोत्साहनका लागि  बैङ्कको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूलाई वित्तीय साक्षरता प्रदान गरेको उनले बताए ।  इष्टर्न इम्पायर कलेज अफ होटेल म्यानेजमेन्ट(इकम) मा  कक्षा ११ र १२ मा  अध्ययनरत एक सय भन्दा बढी विद्यार्थीहरूलाई  मेगा बैङ्क नेपाल बिर्तामोड शाखाका प्रबन्धक दिनेश पनेरुले वित्तीय साक्षरता प्रदान गरेको उनले जानकारी दिए ।

कार्यक्रममा मेगा बैङ्क नेपाल बिर्तामोड शाखाका प्रबन्धक दिनेश पनेरुले  मेगा बैङ्कका बैङ्किङ सेवा सुविधा, डिजिटल बैङ्किङ प्रविधि,  बचत गर्ने तरिका र बचत गर्दा हुने फाइदा , कर्जा प्रक्रिया,  वित्तीय जागरण,चेक लेख्ने खिच्ने, भौचरको प्रक्रिया र एटिएम प्रविधि जस्ता वित्तीय कारोबारका प्रक्रिया लगायतका विषयमा जानकारी गराएका दिए ।

कार्यक्रममा इष्टर्न इम्पायर कलेज अफ होटेल म्यानेजमेन्ट(इकम) का आलोक कार्की , निर्मल निरौलालगायतले विद्यार्थीहरूलाई वित्तीय साक्षरता गराइदिएकोमा मेगा बैङ्क नेपाल बिर्तामोड शाखालाई धन्यवाद दिएका थिए । कार्यक्रममा सहभागी विद्यार्थीहरूले वित्तीय साक्षरता प्राप्त गरेर मेगा बैङ्कका बैङ्किङ सेवा सुविधाबारे बुझ्ने मौका पाएको बताए । 

मेगा बैङ्कले बचत तथा कर्जा योजना, बैङ्कको नेटवर्क, वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरण लगायतका विषयमा यसअघि पनि विभिन्न जिल्लामा विद्यार्थी, व्यवसायी, लगायतलाई वित्तीय साक्षरता कार्यक्रम गरिसकेको मेगा बैङ्क नेपाल बिर्तामोड शाखाका प्रबन्धक दिनेश पनेरुले बताए ।

सम्बन्धित समाचार