२०८३ बैशाख ३ गते , विहीबार

झापामा ३५ वर्षीया महिला बलात्कृत

sajilo news
झापा
२०७९ भाद्र २९ गते , बुधबार
झापामा ३५ वर्षीया महिला बलात्कृत

झापामा एक जना ३५ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले विर्तामोड नगरपालिका-२ बस्ने २० वर्षीय डम्बर तिम्सिनालाई मंगलबार पक्राउ गरेको छ ।

दमकतर्फ जान हिँड्दै गरेकी ती महिलालाई डम्बरले सोही ठाउँस्थित सिसौ घारीमा लगेर सोमबार बलात्कार गरेको प्रहरीले जनाएको छ ।

उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार