२०८३ बैशाख ३ गते , विहीबार
चार लाखको तयारी कपडा बरामद
मोरङको रङ्गेली नगरपालिका- ७ मा चार लाख बराबरको अवैध समान बरामद भएको छ । गए राति साँढे १२ बजेको समयमा इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले सीमा क्षेत्रबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको करिब ४ लाख बराबरको तयारी कपडा बरामद गरेको हो ।
बरामद भएको कपडा आवश्यक कारबाहीको लागि विराटनगर भन्सार कार्यालय बुझाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ