२०८३ बैशाख ३ गते , विहीबार

समानुपातिक तर्फको निर्वाचन कार्यतालिका सार्वजनिक

sajilo news
झापा
२०७९ भाद्र २६ गते , आईतबार
समानुपातिक तर्फको निर्वाचन कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक तर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
आइतबार सार्वजनिक भएको तालिका अनुसार दलहरुले असोज २ र ३ गते उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुपर्नेछ। 

असोज ४ देखि ९ गतेसम्म आयोगले बन्दसूचीमाथि छानबिन गर्नेछ। सो कानुनअनुसार नभएमा सच्याउन दहरूलाई सूचित गर्ने तालिका छ।  दलहरूले बन्द सूची संशोधन गरी असोज १० देखि १६ गतेसम्म पेश गर्नुपर्ने तालिकामा उल्लेख छ। 

सम्बन्धित समाचार