२०८३ बैशाख ३ गते , विहीबार

डेंगु संक्रमणबाट साहित्यकार राधा नेपालको निधन

sajilo news
सुनसरी
२०७९ भाद्र २६ गते , आईतबार
डेंगु संक्रमणबाट साहित्यकार राधा नेपालको निधन

इटहरीकी चर्चित साहित्यकार राधा नेपाल (राधा रमा) को निधन भएको छ । डेंगु संक्रमणबाट ग्रस्त भएकी साहित्यकार राधा रमा घरमै आराम गरी बसेकोमा स्वास्थ्य अवस्था जटिल भई उपचारार्थ काठमाडौँस्थित एक अस्पताल लगिएकोमा तत्कालै चिकित्सकले मृत घोषित गरेको पारिवारिक श्रोतले जनाएको छ ।

इटहरीको नमस्ते एफएममा उनले लामो समयसम्म साहित्यिक कार्यक्रम सृजना बाटिकासमेत सञ्चालन गरेकी थिइन् । नेकपा एमालेनिकट साहित्यकारहरुको संगठन प्रगतिशील लेखक संघमा पनि उनको आबद्ध रहेको थियो । रमाका दुई छोरी, एक छोरा र श्रीमान् छन् ।

सम्बन्धित समाचार