२०८३ बैशाख ३ गते , विहीबार

दसैँको मुखमा नेपालीको भान्सा महँगिने

sajilo news
पत्रपत्रिका
२०७९ भाद्र २६ गते , आईतबार
दसैँको मुखमा नेपालीको भान्सा महँगिने

झापा । दसैँको मुखमा नेपालीको भान्सा महँगिने भएको छ। भारतले चामल, धानलगायतका खाद्यान्नको निर्यातमा कडाइ गर्दै कर लगाएपछि भान्सा महँगो हुन लागेको हो।
भारतले शुक्रबारदेखि लागु हुने गरी चामलको निर्यातमा २० प्रतिशत कर निर्धारण गरेको छ। यस वर्ष भारतमा धान उत्पादन कम हुने आङ्कलन गर्दै आन्तरिक माग धान्नका निम्ति धान र भारतले चामलको निर्यातमा २० प्रतिशत कर लगाएको छ। कर लगाउँदा २५ प्रतिशत निर्यात घट्ने र आन्तरिक मागलाई सन्तुलन राख्न सहयोग पुग्ने भारतको निष्कर्ष छ। धानको उत्पादन उच्च हुने पश्चिम बंगाल, उत्तर प्रदेश र विहारलगायतका राज्यमा कम वर्षा भएका कारण धानबालीको उत्पादन घट्ने तथा रुस(युक्रेन युद्धका कारण खाद्य आपूर्ति रोकिँदा सङ्कट बढ्ने भन्दै भारतले आन्तरिक बजारलाई प्राथमिकतामा राखेको छ। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार