२०८३ बैशाख २१ गते , सोमबार

हिमाल आरोहण : ५० मुलुकका ३६४ जनाले अनुमति लिए

sajilo news
पत्रपत्रिका
२०७९ भाद्र २५ गते , शनिबार
हिमाल आरोहण : ५० मुलुकका ३६४ जनाले अनुमति लिए

झापा । यस वर्षको शरद ऋतुमा विभिन्न सातवटा हिमाल आरोहणका लागि ५० मुलुकका ३६४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार भदौ ८ गतेदेखि हिमाल आरोहण खुला गरिएको हो । शरद ऋतुका लागि हालसम्म सगरमाथा, धवलागिरि, हिमलुङ, मनास्लु, नुप्से, कुम्भकर्ण र सरिबुङका लागि आरोहण अनुमति जारी गरिएको छ । विभागको तथ्याङ्कअनुसार बुधबारसम्म ३६ समूहका आरोहीले अनुमति पाएका छन् ।

अनुमति पाउनेमा २७८ पुरुष र ८६ जना महिला आरोही रहेका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकी नागरिक छन् । विभागका अनुसार ३५ जना पुरुष र १२ जना महिला गरी कुल ४७ जना अमेरिकी आरोहीले अनुमति लिइसकेका छन् । त्यसैगरी धेरै अनुमति लिनेमा भारतबाट २७, इरानबाट २२, स्पेनबाट २०, अर्जेन्टिना १७, फ्रान्सबाट १७, रसियाबाट १५, बेलायतबाट १४, चीनबाट १२, इटालीबाट १२, जर्मनीबाट १२, युएईबाट १०, पोल्यान्डबाट १०, मेक्सिकोबाट १० जना रहेका छन् । यस सिजनमा आरोहण अनुमतिबापत सरकारलाई चार करोड ३३ लाख १२ हजार ७२३ रुपियाँ राजस्व प्राप्त भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार