२०८३ भाद्र १५ गते , सोमबार

भद्रपुरमा मनाइयो बिपी कोइरालाको १०९ औं जन्मजयन्ती

sajilo news
रेवतीराज घिमिरे
२०७९ भाद्र २४ गते , शुक्रबार
भद्रपुरमा मनाइयो बिपी कोइरालाको १०९ औं जन्मजयन्ती

भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगर समितिले जननायक विश्वेश्वरप्रसाद कोइरालाको १०९ औं जन्मजयन्ती मनाएको छ । नगर समितिले भद्रपुर- १० स्थित धनषमोडमा रहेको बिपी पूर्ण कदको सालिकमा माल्यार्पण गर्दै जन्म जयन्ती मनाएको हो ।

काँग्रेस नगर सभापति राम कँडेलको अध्यक्षता तथा सांसद डा. डिला संर्गौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश १ का गरिबी निवारण तथा भूमि सुधार मन्त्री ओमप्रकाश सरावगी केन्द्रीय सदस्य गोमा भट्टराई, सुुशिला ढकाल, क्षेत्रीय सभापति गणेश पोखरेल लगायतको उपस्थिति रहेको थियो । नगर उपसभापति रमेशचन्द्र झाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन नगर सचिव अनिता रिजालले गरेकी थिइन् । 

सम्बन्धित समाचार