२०८३ भाद्र १५ गते , सोमबार

राष्ट्रिय मानवअधिकार मञ्च झापाको अध्यक्षमा पौडेल

sajilo news
रेवतीराज घिमिरे
२०७९ भाद्र २४ गते , शुक्रबार
राष्ट्रिय मानवअधिकार मञ्च झापाको अध्यक्षमा पौडेल

भद्रपुर ।  राष्ट्रिय मानवअधिकार मञ्च नेपालले गणेशप्रसाद पौडेलको अध्यक्षतामा १३ सदस्यीय झापा जिल्ला कार्य समिति गठन गरेको छ ।

मञ्चका जिल्ला संयोजक दुर्गाप्रसाद पाठकको नेतृत्वमा शुक्रबार भएको एक भेलाले मञ्चको जिल्ला उपाध्यक्षमा गंगा लिम्बु, सचिवमा अनुप शर्मा, सहसचिवमा ज्योति न्यौपाने, कोषाध्यक्षमा लोकबहादुर अधिकारी र सह कोषाध्यक्षमा लालबहादुर दर्जीलाई सर्वसम्मत चयन गरेको हो ।

 आगामी चार बर्से कार्यकालका लागि गठित समितिका सदस्यहरूमा विष्णुप्रसाद काफ्ले, हिमाल वली, लोकेन्द्रबहादुर श्रेष्ठ, कमलप्रसाद घिमिरे,  अनिता विमली, माया चापागाईँ र पौर प्रसाद खतिवडा रहेका छन् ।  मञ्चले झापामा मानव अधिकारका विषयमा सक्रियता पूर्वक काम गर्दै आएको छ ।

सम्बन्धित समाचार