२०८३ भाद्र १५ गते , सोमबार

यूथ एग्री अवार्डबाट झापाका चन्द्रप्रसाद बस्नेत सम्मानित

sajilo news
झापा
२०७९ भाद्र २४ गते , शुक्रबार
यूथ एग्री अवार्डबाट झापाका चन्द्रप्रसाद बस्नेत सम्मानित

झापा । यूथ एग्री अवार्ड २०७९ बाट नगद एक लाख सहित झापा गाउँपालिका-३ का चन्द्रप्रसाद बस्नेत सम्मानित भएका छन् । उनले सो अवार्ड प्रदेश नम्बर १ का तर्फबाट उत्कृष्ट भएर पाएका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमारसिंह यादवले बस्नेत सहित सबै प्रदेशका सातै जनालाई अवार्ड प्रदान गरेका थिए। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपालस्थित इजरायली राजदूतावासको संयुक्त आयोजनामा बिहीबार राजधानीमा यूथ एग्री अवार्ड २०७९ वितरण गरिएको हो।

प्रत्येक प्रदेशबाट ३-३ जना नोमिनेशन गरिएको थियो। जसमध्ये एक-एक जनालाई उत्कृष्ट घोषणा गरी एक लाखको दरले पुरस्कार दिइएको थियो।पुरस्कारका लागी इजरायलबाट फर्केका र हाल उद्यमी बनेकालाई छनौट गरिएको थियो।

पुरस्कृत हुनेहरूमा प्रदेश-१ बाट बस्नेत सहित मधेस प्रदेशबाट सन्तोषकुमार यादव, बागमतीबाट युद्ध न्यौपाने, गण्डकीबाट शिवकुमार आले, लुम्बिनीबाट सृजना थारु, कर्णालीबाट दीपेन्द्र कार्की र सुदूरपश्चिमबाट विमल भण्डारी रहेका छन्। झापा गाउँपालिकाका बस्नेत केरा खेतीका लागी नमुना कृषक मानिन्छन्।

सम्बन्धित समाचार