२०८३ बैशाख २१ गते , सोमबार

संसद् अधिवेशन अन्त्य नगरी अघि बढ्ने सरकारको तयारी

sajilo news
पत्रपत्रिका
२०७९ भाद्र २४ गते , शुक्रबार
संसद् अधिवेशन अन्त्य नगरी अघि बढ्ने सरकारको तयारी

झापा । प्रतिनिधि सभाको कार्यकाल सकिन १० दिन मात्र बाँकी रहँदा सरकारले संसद्को जारी अधिवेशन अन्त्य नगरी अगाडि बढ्ने तयारी गरेको छ । प्रतिनिधि सभाको कार्यकाल आफैँ सकिने भएकोले अधिवेशन अन्त्यको औपचारिक घोषणा गर्न नपर्ने तर्क गर्दै सरकार अघि बढ्न लागेको स्रोतको दाबी छ । 

सरकारले अधिवेशन अन्त्य गर्ने विषयमा सभामुखसँग अहिलेसम्म कुनै छलफल गरेको छैन । सरकारले सभामुखलाई अहिलेसम्म यसबारे जानकारी नगराएपछि संसद् सचिवालयले चालु अधिवेशनमा भएगरेका कामको विवरण तयार नगरेको स्रोत​ले बतायो ।  अधिवेशन अन्त्य हुने दिन सभामुखले चालु अधिवेशनमा भए गरेका कामको विवरण सुनाउने प्रचलन छ । यो समाचार आजको नागरिकदैनिकमा प्रकाशित छ । 

सम्बन्धित समाचार