२०८३ भाद्र १५ गते , सोमबार

म निर्दोष छु, सीपीएल छाडेर नेपाल फर्किँदैछु : सन्दीप लामिछाने

sajilo news
झापा
२०७९ भाद्र २४ गते , शुक्रबार
म निर्दोष छु, सीपीएल छाडेर नेपाल फर्किँदैछु : सन्दीप लामिछाने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले जारी सीपीएल छाडेर केही दिनमै स्वदेश फर्किने बताएका छन्। शुक्रवार बिहान फेसबुकमा स्टाटस लेख्दै आफूमाथि लागेको आरोप निराधार भएको भन्दै कानूनी लडाइँ लड्न तयार रहेको प्रतिक्रिया दिएका छन्।

उनले आफू निर्दोष रहेको र कानूनले आफूलाई न्याय दिने विश्वास व्यक्त गरेका छन्। सन्दीप सीपीएलको सिलसिलामा वेष्ट इन्डिजमा छन्। किशोरी बलात्कारको आरोप लागेपछि उनले पहिलोपटक मुख खोलेका हुन्। गत मंगलबार १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएपछि बिहीबार प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो। त्यसलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई निलम्बन गरेको छ।

सम्बन्धित समाचार