२०८३ भाद्र १५ गते , सोमबार
बुद्धशान्ति वडा-१ ले ९५ वर्ष माथिकालाई वार्षिक २५०० दिने
बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले ९५ वर्ष उमेर पूरा भएका वडाका ज्येष्ठ नागरिकहरूलाई ‘ज्येष्ठ नागरिक सम्मान कार्यक्रम’ मार्फत वार्षिक रुपमा रु दुई हजार पाँच सय रुपैयाँ उपलब्ध गराउने भएको छ ।
९५ वर्ष उमेर पूरा हुनुभएका समाजका सम्पत्ति, इतिहासका साक्षी ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप वडाको मिटिङले सो निर्णय गरेको वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिनुभयो । सो रकम ज्येष्ठ नागरिकबाट आर्सीवाद लिने चाड विजयादशमी अगाडी नै ज्येष्ठ नागरिकहरूलाई प्रदान गरिने वडाले जानकारी दिएको छ ।