२०८३ भाद्र १५ गते , सोमबार

पोखरीमा डुबेको अवस्थामा वृद्धा मृत फेला

sajilo news
झापा
२०७९ भाद्र २३ गते , विहीबार
पोखरीमा डुबेको अवस्थामा वृद्धा मृत फेला

रङेली । मोरङको रङेली नगरपालिका- १ की ७६ बर्षीया कृष्णमाया बस्नेत घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा मृत फेला परेकी छन् । बुधवार बिहान घरबाट निस्किएकी वृद्धाको खोजतलास गर्ने क्रममा घर देखि करिब ५०० मिटरको दुरीमा रहेको माछा पोखरीमा मृत फेला परेको प्रहरीले जनाएको छ । यता घटना बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रङेलीले जनाएको छ ।

सम्बन्धित समाचार