२०८३ भाद्र १५ गते , सोमबार

पेट्रोलियम ढुवानी ठप्प पार्ने व्यवसायीको चेतावनी

sajilo news
झापा
२०७९ भाद्र २२ गते , बुधबार
पेट्रोलियम ढुवानी ठप्प पार्ने व्यवसायीको चेतावनी

नेपाल पेट्रोलियम ढुवानी व्यवसायीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। नेपाल आयल निगम समक्ष पटक(पटक डिजेलबाहेक अन्य सञ्चालन खर्च वृद्धिको अनुपातमा ढुवानी भडा वृद्धिको माग गर्दै आएका व्यवसायीहरुले माग सम्बोधन नभएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।

महासंघले हालसम्म ढुवानी भाडा समायोजन हुन नसकेको हुँदा महासंघको प्रतिनिधिसमेत रहेको कार्यदलले पेस गरेको प्रतिवेदनअनुसार हुने ढुवानी भाडा भदौ २४ सम्ममा समायोजन गर्न माग गरेका छन्।

सञ्चालन खर्चमा अत्यधिक वृद्धि भएका कारण हालको खर्चबाट टैंकर सञ्चालन गर्न ठूलो नोक्सानी हुने गरेकाले भदौ २४ गतेदेखि भारतबाट ल्याउने पेट्रोलियम पदार्थको पीडीओ नलिने चेतावनी दिएका छन्। 

भदौ २५ देखि सबै नाकाबाट भारततर्फ लोडिङ गर्न नजाने निर्णय निर्णय गरेका छन्। असोज १ गतेबाट आन्तरिक ढुवानीसमेत गर्न नसकिने नेपाल पेट्रोलियम दुवानी व्यवसायी महासंघले जनाएको छ।

महासंघले जारी गरेको सूचनामा भनिएको छ, ‘शिघ्र ढुवानी भाडा समायोजन गरिदिन र नेपालीहरुको महान पर्व एवं आम निर्वाचनको महत्वपूर्ण समयमा आपूर्ति व्यवस्था सहजीकरण गरिदिनसमेत माग गर्दछौं। भाद्र २६ गते आन्दोलनका अन्य कार्यक्रम जानकारी गराउने छौं। यथास्थितीमा निगमले संचालन खर्च ब्यहोरेर सञ्चालन गर्न चाहेमा टैकर उपलब्ध गराउने जानकारी गराउँदै यसबाट पर्न जाने असुविधाको जिम्मेवार स्वयं मन्त्रालय हुनेसमेत जानकारी गराउँदछौं।’

सम्बन्धित समाचार