२०८३ भाद्र १५ गते , सोमबार

बिर्ता ज्योति साप्ताहिक आठौँ वर्षमा

sajilo news
झापा
२०७९ भाद्र २२ गते , बुधबार
बिर्ता ज्योति साप्ताहिक आठौँ वर्षमा

बिर्तामोड । झापाको बिर्तामोडबाट हरेक मङ्गलवार प्रकाशन भइरहेको बिर्ता ज्योति साप्ताहिक आठौँ वर्षमा प्रवेश गरेको छ ।  २०७२ सालदेखि निरन्तर प्रकाशन भइरहेको बिर्ता ज्योति साप्ताहिकले अनलाइन संस्करण बिर्ता ज्योति डटकममार्फत देश विदेशका लाखौँ नेपालीलाई सुसूचित गर्दै आइरहेको छ ।   

 नेपाल सरकार सूचना तथा प्रविधि मन्त्रालय र प्रेस काउन्सिलको वर्गीकरणमा ख वर्गमा वर्गीकृत हुन सफल बिर्ता ज्योति साप्ताहिकलाई आगामी दिनमा अझ परिष्कृत र जनचाहना अनुरूप प्रकाशन गर्दै लैजाने बिर्ता ज्योति साप्ताहिकका प्रकाशक तथा सम्पादक तुलसीप्रसाद निरौलाले बताए । 

बिर्ता ज्योति साप्ताहिक आठौँ वर्षमा प्रवेश गरेको अवसरमा पत्रिकाका प्रकाशक तथा सम्पादक तुलसीप्रसाद निरौलाले  सम्पूर्ण पाठक वर्ग, विज्ञापनदाता, लेखक, कर्मचारी र शुभचिन्तक सबैमा धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा समेत साथ र सहयोगको अपेक्षा गरेका छन् । 

बिर्ता ज्योति साप्ताहिक आठौँ वर्षमा प्रवेश गरेको अवसरमा नेपाल पत्रकार महासंघ , नेपाल पत्रकार महासंघ प्रदेश नं. १ र नेपाल पत्रकार महासंघ झापा शाखाले बधाई तथा शुभकामना दिएका छन् । 

 

सम्बन्धित समाचार